म को हुँ ? class 9 nepali notes

म को हुँ ?


प्रश्नोत्तर

 

१) निबन्धको पाँचौँ अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस ् :

क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।
ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ ।
ग) सल्लाघारीका सुसाइबाट पहडको चोटको भाव चोरिन्छ ।
घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ ।
उत्तर
क) ठिक
ख) बेठिक
ग) ठिक
घ) ठिक


२) निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएको प्रश्नहरुको उत्तर भन्नुहोस् :
क) चोरीको माल बाँड्ने माध्यम के हो ?
उत्तर : चोरीको माल बाँड्ने माध्यम साहित्य हो ।
ख) चोरीको कति भाव चाहिँ ढुकुटीमा जम्मा हुन्छ ?
उत्तर : चोरीको एक चतुर्थाश भाव चाहिँ ढुकुटीमा जम्मा हुन्छ ?
ग) लेखकले चोर्ने कुराको मुल्याङ्कन तपाईले कसरी गर्नुभयो ?
उत्तर लेखकले भाव चोर्नु सामान्या भएकाले त्यसलाई मैले सकारात्मक रुपमा मूल्याङकन गरेँ ।


३) तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् :
क) महिलाको भूमिकाको वर्णन पाइने सञ्चारका माध्याम कुन कुन हुन् ?
उत्तर  पत्र पत्रिका,  टेलिभिजन, चलचित्र आदि महिलाको भूमिकाको वर्णन पाइने सञ्चारको माध्याम हुन् ।
ख) सुरुमा ्महिला र पुरुषलाई कसरी हेरिन्थ्यो ?
उत्तर : पहिले पहिले पुरुषलाई घर बाहिर गएर काम गर्ने रुपमा हेरिन्थ्यो र महिलालाई घरमा बसी छोराछोरी हेर्ने र घरको काम गर्ने रुपमा हेरिन्थ्यो ।
ग) लैङ्गिडक न्याय किन आवश्यक छ ?
उत्तर : परम्परागत सामाजिक असमानता र विकृति हटाउन लैङ्गिक न्याय आवश्यक छ ।
घ) यस अनुच्छेदको मुख्या सन्देश के हो ?
उत्तर : समाजको साँस्कृतिक एवम् धार्मिक क्षेत्रमा महिला र पुरुष समान हुन्छ र समाजको स्थापनको लागि महिला पुरुषमा सम व्यवहार आवश्यक छ भन्ने यस अनुच्छेदको मुख्या सन्देश हो ।


बोलाइ


१ ) तलका शब्दहरुको ठिक उच्चारण गर्नुहोस् र उदाहरणमा देखाए जस्तै गरी उच्चारण गरिएको कुरा लेख्नुहोस् :
जस्तै : जीवन ÷जिबन, आज्ञाकारी÷आग्ग्याँकारि
क्षणिक, खुल्दुली, सहृलयी , प्रतिक्षा, अभीष्ट रिक्तता, स्मृतिपुञ्ज , मुल्याङ्कन, स्निग्ध, विस्मृत
उत्तर :
क्षणिक – छय.ण्क्
िखुल्दुली– खुल्.दु.लि
सहृदयी – स. रि. द. इ
प्रतीक्षा – प्र. तिक्.छ्या÷प्र.ति.छ्या
अभिष्ट –अ.भिस्.ट
रिक्तता– रिक्.त.ता
स्मृतिपुञ्ज – स्म्रि.ति.पुन्.ज
मुल्याङ्कन – मुल. ल्याङ्. कन्
स्निग्ध – स्निग्.ध
विस्मृत – बिस्. म्रित्

२) निबन्धमा लेखकले केका लागि किन चोरी गर्नै विचार बनाएकी हुन् भन्ने बारेमा समूहमा छलफल गरी त्यसको निष्कर्ष कक्षामा प्रस्तुत गर्नुहोस् ।
साहित्य संसारमा भएका र अर्काका गतिविधि एवम् सिर्जनालाई चोरी गरी लेखिने कुराको तथ्यपरक अभिव्यक्ति प्रस्तुत गर्नू नै लेखकको उद्देश्य रहेको देखिन्छ । निबन्धमा लेखकले साहित्य सिर्जनाका लागि समाज, परिवार, प्रकृति, संस्कृति, दन्तयकथा, साहित्य आदिबाट चोरी गर्न विचार बनाएकी हुन् ।  उनले आफ्नो सिर्जनालाई सशक्त एवम् प्रभावकारी बनाउन कसैको आलोचनालाई वास्तै नगरी भाव चार्ने  काम गरेकी छन् ।
जुनसुकै साहित्यकारले आफू बाँचेको वरिपरिको परिवेश र उसले देखेको  अनि सुनेको कुरालाई नै अनुभूतिमय बनाएर सिर्जनामा पस्किने गर्छ । लेखकले आफूले चोर्न खोजेको  कुरा कसैबाट पनि नपाइने हुँदा बाध्य भएर आपूmले चोरेको कुरा गरेकी छन् । आफू बाँच्नकै लागि पनि चोर्न बाध्य भएको कुरा नढाँटी उल्लेख गर्छिन । उनी आफूलाई सिर्जनात्मक क्षमताका दृष्टिले विपन्न वर्गका कारण पनि चोरी गरेको उनी बताउँछिन् । उनी आपूmलाई सिर्जनामा आवश्यक पर्ने फूलको क्षणिकता, बादलको रिसाहा र आँसु बर्साइ, पहाडबाट धैर्य, नदीनालाबाट सङ्गीत, हिंस्रक जनावरबाट हिंस्रकमन र चराहरुबाट उन्मुक्त भावका साथै प्रकृतिबाट शुष्कता र उत्साह आदि चोर्ने गरेको बताउँछिन् । प्रकृतिलाइ सबैले चोरेको र ठगेको कुरा पनि उनी निर्धक्क उल्लेख गर्छिन । आमारुपी प्रकृति बाबुबाट कोमलता र स्वभिमान, गरिबहरुबाट पीडा र दासता, नेपाली महिलाहरुबाट निस्सारलाग्दो रुवाइ र कुण्ठाको भाव, बालक साहित्यिक रचना आदिबाट पनि आफूले  चोरी गर्ने गरेको लेखक बताउँछिन् ।

भावयुक्त साहित्यिक कृतिको सिर्जनाका लागि जीवन भोगाइ र सम्पर्कमा आएका हरेक पक्षबाट आफूले चोरी गर्र्ने गरेको बताएकी छन् र त्यसले साहित्यलाई विविधता प्रदान गर्दै रोचक अनि सशक्त बनाएको कुरालाई समेत प्रस्तुत गरेकी छन् ।


३) मनिला र प्रवेश एउटा पुस्तक पसलमा भेट हुन्छन् । कस्तो पुस्तक पढ्ने भन्ने बारेमा उनीहरुका बिच हुने कुराकानी लेखी हाउभाउसहित कक्षामा प्रस्तुत गर्नुहोस् :
मनिला : प्रवेश तिमी पनि पुस्तक पसलमा आएको छौ नि किन ?
प्रवेश : पुस्तक किन्नुँ कि भनेर आएको ।
मनिला : कुन पुस्तक किन्न खोजेको हौ नि ?
प्रवेश : म त सामाजिक समस्या, भेदभाव सम्बन्धी पुस्तक हेर्न मन पर्छ ।
मनिला :  गुरुले पनि सामाजिक भेदभाव सम्बन्धी पुस्तक हेर्नै भन्नुभएको छ नि ।
प्रवेश : त्यसैले सामाजिक भेदभाव सम्बन्धी पुस्तक किनेर लैजाऊ भनी आएको ।
मनिला : प्रवेश मैले त सामाजिक भेदभाव भनेको कुरै बुझ्या छैन । तिमीलाई केही थाहा छ भने बताइदेऊ न ।
प्रवेश : मलाई पनि सबै थाहा छैन जानेको कुरा भन्छु, ध्यान दिएर सुन् ।
मनिला : ल भन त ।
प्रवेश : प्राचिन कालदेखी चली आएको भेदभाव जस्तै नारी र पुरुष, गरिब र धनी, छोरा र छोरीका बिच गरिने भेदभाव छ नि त्यसैलाई सामाजिक भेदभाव भनिन्छ, बुझ्यौ ?
मनिला : यसले के बेफाइदा गर्छ त । त्यो कुरा चाहिँ बताइदेऊ न त ।
प्रवेश : यसले समाजमा झगडा द्धन्द्ध सिर्जना गर्छ । समाजमा यस्ता समस्याले ठुलो असर पर्छ ।
मनिला : तिमीले धैरै कुरा बझेको रहेछौ गुरुले भनेको किताब किनेर घर तिर लागौँ ।
प्रवेश : हुन्छ घर जाऊ । (दुवै जना घर तिर लाग्छन्)
४) तपाई आफूलाई कसरी चिनाउनुहुन्छ ? आफ्ना बारेमा बुँदा बनाउनुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।
क) सामान्य परिवारको सदस्या कक्षा नौमा अययनरत छु ।
ख) अतिरिक्त क्रियाकलाप खेलकुद, साहित्य, वक्तृत्व कला , वाद विवाद आदिमा भाग लिएर प्राय प्रथम , द्धितिय हुँदै आएको छु ।
ग) साथीहरु र गुरुले मलाई धेरै माया गर्छन ।
घ) भविष्यमा राजनितिक क्षेत्रमा लागि देशको सेवा गर्न अठोट गरेको छु ।

पढाइ

२) पाठ पढेपछि लेखक कस्तो खालकी चोर हुन् भन्ने कुरा अनुमान गर्नुभयो, लेख्नुहोसे् ।
उत्तर   सुधा त्रिपाठीद्धारा लिखित कक्षा नौ को म को हुँ भन्ने पाठ पढेपछि लेखक अरुले सोचेको जस्तो चोर होइनन्  भन्ने लाग्यो । यस पाठमा लेखकले निधर्कले चोर्ने गरेको कुरा बताएकी छन् । उनले आफ्नो सृजना कार्यलाई सशक्त र प्रभावकारी बनाउन समाज, परिवार, प्रकृति, साहित्य, दन्त्य कथा आदिबाट भाव चोरी सिर्जन गर्ने गरेको कुरालाई उल्लेख गरेकी छन् । लेखकले आफ्नो वरिपरिको परिवेश तथा अरु बाट लेखिएका कृति तथा अरुबाट सुनिएका कुरालाई नै साहित्यमा उतार्न काम गर्छ ।
उक्त पाठ पढेपछि मैले लेखकलाई मानवीय भावना र संवेदनशील पक्षहरुलाई लिएर साहित्य  सिर्जना गर्ने एक बहुप्रतिभाशाली व्यक्तिका रुपमा रहेको अनुमान गरेँ । साहित्याको सिर्जनामा चोरी गर्ने काम हुन्छ र त्यसलाई आफूले पनि आफ्नै क्षमता र सामथ्र्यका आधारमा आफू वरिपरिको परिवेशलाई चोरी गरी साहित्य सिर्जना गरेको कुरा बताएकी छन् । उनको यो स्पष्ट वादिताका कारण उनी एक सफल लेखक हुन् भन्ने  मैले अनुमान गरेको छु ।


३) ‘म को हुँ निबन्ध पढी यसका सबै विषयलाई समेट्ने गरी समूहमा पाँच ओटा प्रश्न  निर्माण गर्नुहोस् र शिक्षकालाई देखानउनुहोस् ।
प्रश्न १) चोरी स्वीकार गर्दा पनि लेखकलाई लाज नलाग्नुको कारण के हो ?
प्रश्न २)  निबन्धकार किन चोरी गर्ने बाध्य छिन् ?
प्रश्न ३) ‘म को हु’ निबन्धको मुल आशय के हो ?
प्रश्न ४) लेखकले परिवारका कुन कुन सदस्यबाट बढी चोरीको काम गरेकी छन् ?
प्रश्न ५) लेखकप्रति के कस्ता आशङ्काहरु गरिएका छन् ?


४) उक्त प्रश्नको उत्तर पनि तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर पश्न १
लेखकलाई मानवीय भावना र संवेदनशील पक्षहरुलाई लिएर साहित्य  सिर्जना गर्ने एक बहुप्रतिभाशाली व्यक्तिका रुपमा रहेको अनुमान गरेँ । साहित्याको सिर्जनामा चोरी गर्ने काम हुन्छ र त्यसलाई आफूले पनि आफ्नै क्षमता र सामथ्र्यका आधारमा आफू वरिपरिको परिवेशलाई चारी गरी साहित्य सिर्जना गरेको कुरा बताएकी छन् ।
लेखक त्रिपाठी  आफूलाई चोर भनेकोमा  खुसी हुन्छन् । आफू चोर भएको कुरा निर्धक्क स्विकार्छिन र पक्का चोर बन्न नसकेकोमा पछुतो गर्छिन । पक्का चोर बन्न  निकै अभ्यास गनुपर्ने कुरालाई समेत उनले महसुस  गरेकी छन् । सिर्जनामा भावहरु चार्ने पर्र्ने भएकाले लेखकलाई चोरी स्वीकार गर्ने पनि लाज नलाग्ंनुको प्रमुख कारण हो ।
प्रश्न २ को उत्तर
निबन्धकार त्रिपाठी इमानदार चोर बन्न प्रयासरत रहेको बताउँछिन् ।  साहित्य सिर्जना गर्दा विविध क्षेत्रबाट विविध भावहरु चार्नुपर्न भएकाले ती मागेर प्राप्त गर्न अवस्था हुन्न । अमूर्त भावहरु चोरेर मात्र लेखकले प्राप्त गर्न सक्छ । अतः अमूर्त भावहरु चोरी गर्ने  पर्ने बाध्याताले उनी चारी गर्न बाध्य छिन् ।
प्रश्न ३ को उत्तर
सुधा त्रिपाठीद्धारा लिखित कक्षा नौ को म को हुँ भन्ने पाठ पढेपछि लेखक अरुले सोचेको जस्तो चोर होइनन्  भन्ने लाग्यो । यस पाठमा लेखकले निधर्कले चोर्ने गरेको कुरा बताएकी छन् । उनले आफ्नो सृजना कार्यलाइ सशक्त र प्रभावकारी बनाउन समाज, परिवार, प्रकृति, साहित्य, दन्त्य कथा आदिबाट भाव चोरी सिर्जन गर्ने गरेको कुरालाई उल्लेख गरेकी छन् । लेखकले आफ्नो वरिपरिको परिवेश तथा अरुबाट लेखिएका कृति तथा अरुबाट सुनिएका कुरालाई नै साहित्यमा उतार्न काम गर्छिन ।
लेखकले आफ्नो सिर्जनामा प्रकृतिबाट कठोरता, कोमलता, निस्सारत, प्रतीक्षा र धैर्य, जन जीवनी छटपटी र निःश्वास, हिंस्रकता, उन्मुक्ता र निरसता जस्ता भावहरु चोरी गर्ने काम गर्छ । हरेक लेखकले प्रकृतिको भरमार उपयोग गरेको हुन्छ । त्यस्तै आफ्ना बाबाआमा, ससाना नानीहरु आदिबाट पनि भावहरु चोरी सिर्जनामा उतार्ने काम लेखकबाट भएकै हुन्छ । लेखक आफू मातृ हृदयले आप्लावित भएका कारण कोमल भावहरु प्रकृति आफ्नो आमा र कला तथा साहित्याबाट ग्रहण गर्ने गरेको कुरा बताउँछिन् ।
यस साहित्यमा  सिर्जनालाई चोरी भनी लान्छना लगाएर हेर्नुको सट्टा सम्मानित हिसाब हेर्नु उपयुक्त हुन्छ भन्ने आशय यस निबन्धको रहेको देखिन्छ ।
प्रश्न नम्बर ४ को उत्तर
सुधा त्रिपाठीका अनुसार आजसम्म सबभन्दा बढी चोरी आमाबाटै गरेको कुरा उनी बताउँछिन । उनका लागि जगत्भरकै आमा एकाकार भएर  आएका छन् । उनकी आमा आमा मात्रै नभएर निकटतम सँगिनी पनि हुन् । आमाले अनेक पिडा सहनुपर्छ । सन्तान वियोगको पीडादेखि लिएर मातृत्वको भाव प्रभाव गर्ने काममा आमाको भूमिका विशिष्ट किसिमको हुने गर्छ । संसारप्रति  कस्तो दृष्टि राख्नुपर्छ भन्ने कुरा आमाबाटै लेखकले ग्रहण गरेकी हुन् । छोरालाई भन्दा छोरीलाई माया नगरी नहुने भाव पनि लेखकले आमाबाटै चोरी गरिन् त्यस्तै छोरीलाई बन्धनमा राख्नुको सट्टा क्रियाशील बनाउनुपर्छ भन्ने पवित्र भाव पनि  आमाबाटै  चोरी गरिन । समाजले सिर्जना गरेका छोरीप्रति गरिने लैङ्गिक विषयतायुक्त भावको चोरी पनि आमाबाटै गरेको र यस्ता अनगिन्ती भावहरु आमाबाट प्रशस्त मात्रामा चोरेको लेखकले बताएकी छन् । आफ्ना परिवारका आमाबुबा जस्ता सदा आदर र सम्मान गरिने परिवारका सदस्या  वा अभिभावकबाट चोरीको काम गरेको उल्लेख गरेकी छन् ।
प्रश्न ५ को उत्तर सुधा त्रिपाठीद्धारा लिखित कक्षा नौ को म को हुँ भन्ने पाठ पढेपछि लेखक अरुले सोचेको जस्तो चोर होइनन्  भन्ने लाग्यो । यस पाठमा लेखकले निधर्कले चोर्ने गरेको कुरा बताएकी छन् । उनले आफ्नो सृजना कार्यलाई सशक्त र प्रभावकारी बनाउन समाज, परिवार, प्रकृति, साहित्य, दन्त्य कथा आदिबाट भाव चोरी सिर्जन गर्ने गरेको कुरालाई उल्लेख गरेकी छन् यसरी लेखकप्रति रहेको नकारात्मक धारणा चिरी सकारात्मक सोच निर्माणका निम्ति आफुले चोर्ने गरेको कुरालाई यस निबन्धमा प्रस्तुत गरिएको छ । तर समाजबाट लेखकको कर्मप्रति अनेक आशङका गरिएका छन । त्यस्ता आशङका मेटाउनका निम्ति लेखकबाट स्पष्टीकरण दिने काम भएको छ ।

आँखा ठुला ठुला पारेर शङका गर्दै सज्जन ठानिएकी लेखकप्रति चोरीको आरोप लगाउँदा लेखक आफू मानसिक रोगी ठानेर त्यस्तो शङका गरेको हो कि भनी उल्लेख गर्छिन् । आफु लाई चोर भनिएमा उनी रमाउने कुरा गर्छिन् । आफुले जतिसुकै स्पष्टिकरण दिएपनि मानिसले इमानदार हो होइन भनि शङका गर्छन । लेखक  त्यस्ता शङ्काहरुलाई मरिमेट्न प्रयासरत रहेको पनि बताउँछिन् ।
त्यस्तै चोर पनि इमानदार हुन्छन् भन्ने  शङ्का उपशङ्काका बारेमा समेत उनी आफ्नो अभिमत अघि सार्छिन् । पशुभन्दा केही बाँच्न मन लागे पनि आफूसँग सामेल नभएकाले चोरी  गरेको लेखकले उल्लेख गरेकी छन् । लेखकले आफूले चार्ने धर्मलाई नछोडेको बताए पनि अरुले उनलाई के के चेरेकी हालिन् भन्ने शङ्का उपशङ्का गर्न छोड्दैनन् । त्यसैले उनी आफूले चार्न पाएँ कुरा मात्र चोर्ने गरेको स्पष्टीकरण दिन्छिन् ।


लेखाइ


१ निबन्धको सातौ अनुच्छेदबाट मुख्य मुख्य पाँच बुँदा टिपी सारांश लेख्नुहोस् ।

क) निबन्धमा लेखकले आमाबाट सबैभन्दा धेरै भाव चोरेको ।
ख) सन्तानको वियोगको पिडा  र आमा निकटतम सँगिनीका रुपमा रहेकी  पिडा पनि आमाबाटै चोरेको ।
ग) छोरा छोरीप्रति गरीने सामाजिक  भेदभावप्रतिको दृष्टिकोण पनि आमाबाटै लिएको  ।
घ) छोरी जातका सामाजिक विषमताका साथै अनगिन्ती कुराहरु आमाबाटै लिएको ।
ङ) सृष्टिकर्ताका रुपमा रहेकी आमाबाट संसारलाई हेर्ने दृष्टिकोण बनाएको ।
आमाबाट लिएका भावहरु
सुधा त्रिपाठीका अनुसार आजसम्म सबभन्दा बढी चोरी आमाबाटै गरेको कुरा उनी बताउँछिन । उनका लागि जगत्भरकै आमा एकाकार भएर  आएका छन् । उनकी आमा मात्रै नभएर निकटतम सँगिनी पनि हुन् । आमाले अनेक पिडा सहनुपर्छ । सन्तान वियोगको पीडादेखि लिएर मातृत्वको भाव प्रभाव गर्ने काममा आमाको भूमिका विशिष्ट किसिमको हुने गर्छ । संसारप्रति  कस्तो दृष्टि राख्नुपर्छ भन्ने कुरा आमाबाटै लेखकले ग्रहण गरेकी हुन् । छोरालाई भन्दा छोरीलाई माया नगरी नहुने भाव पनि लेखकले आमाबाटै चोरी गरिन् त्यस्तै छोरीलाई बन्धनमा राख्नुको सट्टा क्रियाशील बनाउनुपर्छ भन्ने पवित्र भाव पनि  आमाबाटै  चोरी गरिन । समाजले सिर्जना गरेका छोरीप्रति गरिने लैङ्गिक विषयतायुक्त भावको चोरी पनि आमाबाटै गरेको र यस्ता अनगिन्ती भावहरु आमाबाट प्रशस्त मात्रामा पाइन्छ ।


२) निबन्धका मुख्य मुख्य सन्देशका बारेमा विवेचना गर्नुहोस् ।
 निबन्धकार सुधा त्रिपाठीद्धारा लिखित ‘म को हुँ ’ निजात्मक अनुभूतिहरुलाई प्रस्तुत गरिएको एक विचार प्रदान निबन्ध हो ।   त्यस्तो लेखकको कर्मलाई यस निबन्धमा अन्यथा नलिन निबन्धकारले आग्रह गरेकी छन् । लेखकले फुलको सन्निकटताबाट कोमल भावका साथै जीवनको क्षणिकतालाई बोध गर्न सक्छ । बादलको रिसाहा र आँसु बर्साइ, पहाडबाट धैर्य, नदीनालाबाट सङ्गीत, हिंस्रक जनावरबाट हिंस्रकमन र चराहरुबाट उन्मुक्त भावका साथै प्रकृतिबाट शुष्कता र उत्साह आदि चोर्ने गरेको बताउँछिन् । प्रकृतिलाई सबैले चोरेको र ठगेको कुरा पनि उनी निर्धक्क उल्लेख गर्छिन । आमारुपी प्रकृति बाबुबाट कोमलता र स्वभिमान, गरिबहरुबाट पीडा र दासता, नेपाली महिलाहरुबाट निस्सारलागे रुवाइ र कुण्ठाको भाव, बालक साहित्यिक रचना आदिबाट पनि आफूले भान चोरी गर्ने गरेको लेखक बताउँछिन् । आमा सवयं सृष्टिकर्ता भएकाले सन्तानको वियागको पिडा र लेखकका लागि निकटतम साथी पनि हुने भएकाले आमाबाट धेरै भाव लिन सकिने कुरा उल्लेख गरिएको छ ।  आमाबाट छोराछोरीप्रति गरिने भेदभाव र सामाजिक विषमताको पनि लेखकलाई ज्ञान हुने भएकाले लेखकले आमाका संवेदनशील भाव र सामाजिक विषमत्लाई समेत उजागर गर्नुपर्छ भन्ने सन्देश यस निबन्धमा दिएको पाइन्छ । 
                                                                       यसमा लेखक त्रिपाठीले लेखकले अँगाल्ने विभिन्न विषयवस्तु तथा भावहरु निजी सृष्टि नभएर जीवन जगत्सम्बन्धी परिवेशबाटै  लिएको हुन्छ र त्यसप्रति कसैले पनि नकारात्मक दृष्टिकोण राख्नु उचित हुँदैन भन्ने  सन्देश दिइएको पाइन्छ । बालकहरुका निश्छल, निष्कश्ट भाव र साहित्यबाट अनि मर्मस्पर्शी र हृदय विदारक विषयवस्तुलाई ग्रहण गरी सिर्जना गर्न सक्छ । यस्ता विविधतायुक्त विषय वा भावलाई नकारात्मक लिनु उपयुक्त  नहुने सन्देश पनि यस निबन्धले दिएको छ ।


३. व्याख्या गर्नुहोस् :
क)प्रकृति त  प्रकृति नै भयो, उसलाई चाहिँ चोरेको, ठगेको, लुटेको छ्रैन र ?
उत्तर   प्रकृति सबैको उपयोगी वस्तु हो । यसको उपयोग जो कोहीले पनि गरिरहेको हुन्छ ।  यसलाई कसैले पनि आफ्नो पेवा वा सम्पत्तिका रुपमा लिन सक्दैन ।   लेखकले त प्रकृतिलाई हरतरहले उपयोग गर्दै आफ्नो सिर्जनालाई सशक्त र प्रभावकारी बनाएको हुन्छ । लेखकले आफ्नो सिर्जनामा प्रकृतिबाट कठोरता, कोमलता, निस्सारत, प्रतीक्षा र धैर्य, जन जीवनी छटपटी र निःश्वास, हिंस्रकता, उन्मुक्ता र निरसता जस्ता भावहरु चोरी गर्ने काम गर्छ । हरेक लेखकले प्रकृतिको भरमार उपयोग गरेको हुन्छ । त्यस्तै आफ्ना बाबाआमा, ससाना नानीहरु आदिबाट पनि भावहरु चोरी सिर्जनामा उतार्ने काम लेखकबाट भएकै हुन्छ ।

प्रकृतिको अथाह भावहरु लुकेका हुन्छन् । त्यसलाई सबैले निर्बाध रुपमा उपयोग गर्न सक्छन् र लेखकले पनि प्रकृतिलाई आफ्नो अनुकूल उपयोग गरी साहित्य सिर्जना गर्छ भन्ने  कुरालाई माथिको अंशमा प्रस्तुत गरिएको छ ।
ख) आमाबाबाबाहेक मेरो अर्काै ईश्वर छैन ।
 आमाबाबाबाट सिर्जनाका क्र्रममा अनेकौँ विशिष्ट अनुभूतिहरुलाई उपभोग गरेको कुरा यहाँ सङ्केत गरेको पाइन्छ । लेखकलाई आफ्ना आमाबाबा नै सिर्जनका निम्ति सर्वेसर्वा प्रेरणाका स्रोत भएको लागेको छ । निश्चय नै लेखकले मूल रुपमा आफ्ना आमाबाबाबाटै सिर्जना गर्न प्रेरणापाउँछन् र ती प्रेरणहरु सर्जकलाई स्वीकार्य पनि हुन्छन् ।
लेखकले आमाबाट ज्यादै धेरै कुराहरु सिक्ने, बुझ्ने र अनुभव गर्न अवसर प्राप्त गरेको हुन्छ । व्यावहारिक र सामाजिक सम्बन्धका अनेक आयामहरुका बारेमा लेखकले आमाबाबाट ज्ञान हासिल गरी त्यसको प्रतिविम्बलाई साहित्यमा उतार्ने काम गर्छ ।  सृष्टिकर्ताका रुपमा परिभाषित आमाका अनेक आयाम हुन्छन् । आफ्ना सन्तानसँग उनको आत्मीय सम्बन्ध मात्र होइन, साथीभाइको जस्ता मित्रता पनि हुने गर्छ । भित्री कुराहरु साथीभाइहरुसँग मान गरिन्छ । आफ्ना सन्तानसँग आमाले आफ्ना सन्तान वियोगका साथै अन्य थुप्रै भित्री कुराहरु गर्ने सक्छिन् । हृदय खोलेर आमाले आफ्ना सन्तानलाई सबै कुरा बताउने गर्छिन् । यस्तै आमाले भोगेका र लेखकले सहजै ग्रहण गर्ने अवसर प्राप्त गर्दछ ।

४) ‘म फुल हुँ’ शीर्पकमा एउटा अनुच्छेद रचना गर्नुहोस् । 
म फुल हुँ
मेरो हरेक अङ्ग अङ्गमा कोपलता व्यप्त छ । म कसैप्रति कठोर व्यवहार गर्दिनँ र मानिसलाई म बाट प्रेरणा लिन अनुरोध गर्छु । मेरो चाहना ईश्वरको पाउमा सजिने र सधैँ मानिसलाई कठोरता त्यागी सरलता, कोमलता र स्निग्धता प्रदान गर्ने रहेको छ । मेरो रुपरङ्ग देखेर नलोभिने मानिस सँसारमा कमै हुन्छन् ।  मलाई घरको कौसी, आँगन, करेसाबारी, बगैँचा आदि जताततै फुल्न पाउँदा रमाइलो लाग्छ । म सधैँ हाँसेर जीवन बिताउने प्रेरणा पनि दिन्छु । 
५) ‘ मेरा सपनाहरु’ भन्ने शीर्षकमा सर्वप्रथम शिक्षकबाट बुँदाहरु प्राप्त गर्नुहोस् । शिक्षकबाट प्राप्त ती बुँदालाई निबन्धका रुपमा लेख्नुहोस् ।
क)  प्रत्येक व्यक्तिको लक्ष्य फरक हुन्छ । मेरो पनि आफ्नै प्रकारका रहेको छ ।
ख)  अङग्रेजी विषय लिई स्नातक तह सकी  पी एच डी गर्ने 
ग) आफ्नै गाउँमा गएर शिक्षक बन्ने 
घ) अशिक्षित गाउँलाई शिक्षित बनाउने  
ङ) देशकै शिक्षित गाउँ र चेतनशील समाज बनाउने ।

५. मेरा सपनाहरु
मेरो गाउँ मलाइै धेरै प्यारो लाग्छ । म जुन गाउँमा हुर्के, बढेँ र  कही सिक्ने मौका पाए त्यस गाउँलाई म कदापि भुल्न सक्दिनँ । आफ्नो  देशको चौतर्फि विकासबाट  हाम्रो गाउँको समृधि आउन सक्छ भन्ने मलाई लाग्छ । गाउँको विकासका लागि पहिलो सर्त स्वस्थ र  शिक्षीत जनशक्ति हुनु आवश्यक हुन्छ । शिक्षा जनशक्तिबाटै विकास निर्माणका काम सम्भव हुने गर्छन  । अनेक समस्या र विभिन्न समान्या कुराको पनि ज्ञान नहुँदा गाउँलेहरुमा जनचेतना फैलाउने सेवा प्रदान गर्न सपना लिएको छु ।
 संसारमा सपना सजाएर अघि बढ्ने चाहना सबै मानिसको हुन्छ । भविष्यमा गएर कसैले डाक्टर, कसैले वकिल, कसैले इन्जिनियर,कसैले प्राध्यापक त कसैले आफ्नै प्रकृतिका सपना छन् । म अरु जस्तो विदेशी भूमिमा गएर झिलीमिली संसारमा रमाउन चाहन्नँ आप्mनै जन्मभूमिमा उच्च शिक्षा हासिल गरी देशको सेवा गर्न मेरा सपना छन् । समयले साथ दिएमा आफ्ना सपना पुरा हुने कुरामा म ढुक्क छु । 
सपना आफैँ सही नहुन सक्छ । तर, मैले देखेका सपनाहरु मेरै मिहिनेत लगनशीलतामा भर पर्ने कुरा हुन् । मैले देखेका सपनाहरु मेरै मिहिनेत र प्रयासबाट आफूले देखेका सपना पुरा हुने छन् भन्ने मलाई पूर्ण विश्वास छ ।


६) ‘शारदीय आकाश’ शीर्पाकमा बुँदा तयार पारी एउटा आत्मपरक निबन्ध रचना गर्नुहोस् ।
क) आकाश सेतो धोती फेर्दै धर्तीमा टीका थाप्न ओर्लदै गरेको भान हुने, 
ख) आकाशमा चम्किला तारा देखेर सबै आनन्दित हुने, 
ग) सबैलाई स्वच्छता र पवित्रताको सन्देश दिएको ,
घ) वर्षा ऋतुलाई बिदा गरी सारा चरार जगत्मा नयाँ उमङ्ग ल्याउने शरद् ऋतुका रुपमा परिचित ।
शारदीय आकाश 
वर्षा ऋतुलाइ पारगरी शरद् ऋतुमा पाइला टेक्छु तब मेरो फुर्ती नै अर्का हुन्छ । चारैतिरको उमङ्गले मेरो तन, मन त्यसै त्यसै प्रफुल्लित हुन्छ ।  त्यसमा पनि यस बेलाको आकाशका स्वच्छता, पवित्रता र निर्मल छटाले हामी सबै धर्तीबासीको जीवनमा ठुलो उत्साह थपी दिएको छ । यस बेलाको शारदीय आकाशमा प्राकृतिक सँसारका थुप्रै अपूर्व छटाहरु देख्न पाइन्छन् । आकाशले आफ्नो कञ्चन मुहार मुस्कुराएको देख्दा जो कोही सौन्र्दय प्रेमीलाई  सजिलै आकर्षित गर्दाे रहेछ । रसिलो  अनि भरिलो शारदीय आकाशमा लुकेर बसेका अनन्त तारपुञ्जको चमचमाहटले मेरो मन पनि चञ्चल बन्ने गर्छ र सेता सुकिला महसुस गर्छु ।
सन्ध्या कालमा शारदीय आकाशमा झन नयाँ रौनक एवम् जोस थपिँदै गएको अनुभूति भइरहेको छ । निर्मल, सफा र पवित्र आकाशको आँगनभरि चम्किरहेका तारालाई देखेर धर्तीलाई पनि खुबै ईष्र्या लाग्दोहो । धर्तीले जुनकिरीलाई दूत पठाएर आकाशमा तारा चीम्कनुको रहस्य बुझ्न खोज्दी हुन् ।
शारदीय आकाशमा अनेक भावहरु लुकेका हुन्छन् । तिनले हाम्रो जीवनलाई रसिलो, भरिलो र पवित्र मात्र होइन समृदध पनि पार्छन । यसको सौन्दर्य र पवित्रतामा नरमाउने यस जगत्मा कुनै जीवन पनि हुँदैन होला भन्ने अनुभव आज मेरो मन मस्तिष्कमा परिरहेको छ ।


७) रोखाङ्कित शब्दलाई तल दिइएका अर्थसँग जोडा मिलाउनुहोस् :
१) उत्तर 
सुमधुर १) मलाई निश्छल, निष्कपट, पवित्र, स्निग्ध मायाको सागरमा चुर्लुम्म डुबाएका छन् ।
२) फुलको सौन्दर्यबाट शिल्प चोरेको छु ।
उत्तर कला २) फुलको सौन्दर्यबाट शिल्प चोरेको छु ।
३)   जीवन क्षणिक छ यस क्ष्णिकताबाट म सन्तुष्ट छैन ।
उत्तर : अनित्य ३)   जीवन क्षणिक छ यस क्ष्णिकताबाट म सन्तुष्ट छैन ।
४) मेरी आमा आमा मात्र होइनन्, मेरी निकटतम सँगिनी पनि हुन् ।
उत्तर : घनिष्ठ ४) मेरी आमा आमा मात्र होइनन्, मेरी निकटतम सँगिनी पनि हुन् ।
५) उनका वर्गीय एवम् लैङ्गिक विषमताले रन्थनिएका भावचोरेँ ।
उत्तर : असमानता ५) उनका वर्गीय एवम् लैङ्गिक विषमताले रन्थनिएका भावचोरेँ ।


 ८)निबन्ध पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) चोर स्वीकार गर्दा पनि लेखकलाई  लाज नलाग्नुको कारण के हो ?
लेखकलाई मानवीय भावना र संवेदनशील पक्षहरुलाई लिएर साहित्य  सिर्जना गर्ने एक बहुप्रतिभाशाली व्यक्तिका रुपमा रहेको अनुमान गरेँ । साहित्याको सिर्जनामा चोरी गर्ने काम हुन्छ र त्यसलाई आफूले पनि आफ्नै क्षमाता र सामथ्र्यका आधारमा आफू वरिपरिको परिवेशलाई चोरी गरी साहित्य सिर्जना गरेको कुरा बताएकी छन् ।
लेखक त्रिपाठी  आफूलाई चोर भनेकोमा  खुसी हुन्छन् । आफू चोर भएको कुरा निर्धक्क स्विकार्छिन र पक्का चोर बन्न नसकेकोमा पछुतो गर्छिन । पक्का चोर बन्न  निकै अभ्यास गनुपर्ने कुरालाई समेत उनले महसुस  गरेकी छन् । सिर्जनामा भावहरु चार्ने पर्र्ने भएकाले लेखकलाई चोरी स्वीकार गर्ने पनि लाज नलाग्ंनुको प्रमुख कारण हो ।
ख) लेखक किन चोरी गर्न बाध्य छिन् ?
निबन्धकार त्रिपाठी इमानदार चोर बन्न प्रयासरत रहेको बताउँछिन् ।  साहित्य सिर्जना गर्दा विविध क्षेत्रबाट विविध भावहरु चार्नुपर्न भएकाले ती मागेर प्राप्त गर्न अवस्था हुन्न । अमूर्त भावहरु चोरेर मात्र लेखकले प्राप्त गर्न सक्छ । अतः अमूर्त भावहरु चोरी गर्ने  पर्ने बाध्याताले उनी चारी गर्न बाध्य छिन
ग) लेखकले चोर्ने कुराहरु  के के हुन् ?
 उत्तर लेखकले फुलबाट सौन्दर्य र क्षणिकता, बादलबाट गम्भीरता, पहाडबाट प्रतिक्षा र धैर्य, वसन्तबाट नवजीवन ससल्लाघारीबाट छटपटी र निःश्वास वहिराबाट उकुसमुकुस,  त्यस्तै बाबाबाट सरतलता, निर्भीकता, स्वभिमान, जीवका अनेक घटनाबाटै संयोग, वियोग , प्रेम बालकहरुबाट, नाटकबाट दुःखान्तक र सुखान्तक आदि लेखकले चोर्न कुरा हुन् ।
घ) आमा र बाबाबाट लेखकले के के चोरी गरिन् 
लेखकले आमाबाट आमाभाव , सन्तान वियोगको पीडा, संसारलाई हेर्न भाव, असमानले सिर्जिएको छोरी जातका लैङ्गिक विषमताले रन्थनिएका भावका साथै अन्य अनगिन्ती भावहरु चोरिन् । त्यसतै बाबाबाट सरतलता, निर्भीकता, स्वभिमान, जीवका अनेक लैङ्गिक विषमतले रन्थनिएका भावका साथै अन्य अनगिन्ती भावहरु चोरिन् । त्यसतै बाबाबाट सरतलता, निर्भीकता, स्वभिमानका साथै पितृभाव चोरिन् ।
ङ)   लेखकले बालकहरुसँग किन मित्रता गाँसेकी छन् ?
मित्रतामा यस किसिमका व्यवहारहरु पाच्य हुन्छन् ।अझ बालकहरुमा त यस्ता व्यवहारहरु प्रशस्त हुने गरेको भेटिन्छन् । त्यस्तै लेखकले साना नानीहरुसँग ठट्टा गर्ने , उनीहरुसँग हाँस्ने र रुने गरेर पनि उनीको भावलाई चोर्ने काम गरेकी छन् । उनीहरुमा छलछामको कुनै गुन्जायस  हुन्न । बालकहरु एकआपसमा पवित्र र स्निग्ध माया ममतामा चुर्लुम्म डुबेका हुन्छन् । यस्ता बालकहरुसँगको निकटताबाट उनीहरुमा रहेको निश्छल तथा निष्कपट भाव चोर्न लेखकले मित्रता गाँसेकी हुन् । 


९)म को हुँ निबन्धमा निबन्धकारले आफूलाई कसरी चिनाएकी छन, वर्णन गर्नुहोस् ।
 ‘म को हुँ’ निबन्धमा निबन्धकार त्रिपाठीले  मानवीय भावना र संवेदनशील पक्षहरुलाई लिएर साहित्य  सिर्जना गर्ने एक बहुप्रतिभाशाली व्यक्तिका रुपमा रहेको अनुमान गरेँ । साहित्याको सिर्जनामा चोरी गर्ने काम हुन्छ र त्यसलाई आफूले पनि आफ्नै क्षमाता र सामथ्र्यका आधारमा आफू वरिपरिको परिवेशलाई चोरी गरी साहित्य सिर्जना गरेको कुरा बताएकी छन् ।


आफु लाई चोर भनिएमा उनी रमाउने कुरा गर्छिन् । आफुले जतिसुकै स्पष्टिकरण दिएपनि मानिसले इमानदार हो होइन भनि शङका गर्छन । लेखक  त्यस्ता शङ्काहरुलाई मरिमेट्न प्रयासरत रहेको पनि बताउँछिन् ।
त्यसतै चोर पनि इमानदार हुन्छन् भन्ने  शङ्का उपशङ्काका बारेमा समेत उनी आफ्नो अभिमत अघि सार्छिन् । पशुभन्दा केही बाँच्न मन लागे पनि आफूसँग सामेल नभएकाले चोरी  गरेको लेखकले उल्लेख गरेकी छन् । लेखकले आफूले चार्ने धर्मलाई नछोडेको बताए पनि अरुले उनलाई के के चोेरी हालिन् भन्ने शङ्का उपशङ्का गर्न छोड्दैनन् । त्यसैले उनी आफूले चार्न पाएँ कुरा मात्र चोर्ने गरेको स्पष्टीकरण दिन्छिन् ।

Previous Post
Next Post

post written by:

1 comment: